टीकापुर

टीकापुर–७ को जंगलमा अजिङ्गरको त्रास, ४–५ बाख्रा मारिएको स्थानीयको दाबी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १६ असोज । कैलालीको टीकापुर नगरपालिका–७ स्थित ‘मसानघाट’ जंगल क्षेत्रमा अजिङ्गर देखिन थालेपछि स्थानीय त्रसित भएका छन्। स्थानीयका अनुसार पछिल्लो समय उक्त क्षेत्रमा अजिङ्गरले ४–५ वटा बाख्रा मारेको बताइएको छ।

लोक कल्याणकारी विज्ञापन

जंगल आसपास बाख्रा चराउन जाने स्थानीयले अजिङ्गर देखिन थालेपछि पशुचौपायाको सुरक्षालाई लिएर चिन्ता बढेको बताएका छन्। बाख्रा हराउने तथा मृत अवस्थामा भेटिने क्रम बढेपछि स्थानीयले जंगल क्षेत्रमा अजिङ्गरको गतिविधि बढेको बताएका हुन्।

लोक कल्याणकारी विज्ञापन

अजिङ्गर ठूलो आकारको सर्प भएकाले जंगल क्षेत्रमा यसको उपस्थितिले स्थानीयमा त्रास बढेको छ। विशेषगरी जंगल नजिकैका बस्तीका बासिन्दा तथा पशुपालकलाई थप सतर्क रहन स्थानीयले आग्रह गरेका छन्।

लोक कल्याणकारी विज्ञापन

स्थानीयले अजिङ्गरलाई नियन्त्रणमा लिई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले मानिस तथा पशुचौपायाको सुरक्षालाई ध्यानमा राख्दै वन कार्यालय तथा सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

स्थानीयका अनुसार घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको छ। यद्यपि, अजिङ्गरले नै बाख्रा मारेको विषयमा सम्बन्धित निकायबाट औपचारिक पुष्टि हुन बाँकी छ।

लोक कल्याणकारी विज्ञापन
AD