बर्दियामा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिका घाइते
लोक कल्याणकारी विज्ञापन

बर्दिया, १६ असोज । बर्दियाको राजापुर नगरपालिका–१० पहाडीपुरमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिका घाइते भएकी छन्।
लोक कल्याणकारी विज्ञापन

स्थानीयका अनुसार घरनजिकै रहेको क्षेत्रमा पुगेका बेला चितुवाले बालिकामाथि आक्रमण गरेको हो। आक्रमणबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।
लोक कल्याणकारी विज्ञापन

घटनापछि स्थानीयले उद्धार गरी बालिकालाई उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याएका छन्। उनको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।
लोक कल्याणकारी विज्ञापन

बालिकामाथि चितुवाले आक्रमण गरेपछि पहाडीपुर र आसपासका क्षेत्रमा स्थानीय त्रसित भएका छन्। उनीहरूले चितुवाको खोजी गरी नियन्त्रणमा लिन तथा मानव बस्तीमा वन्यजन्तु प्रवेश रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्।
घटनाबारे थप विवरण तथा चितुवाको अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी आउन बाँकी छ।
लोक कल्याणकारी विज्ञापन

