कैलालीमा जातीय विभेदको आरोपमा तीन शिक्षक पक्राउ
लोक कल्याणकारी विज्ञापन

कैलाली, १६ असोज । कैलालीको गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव आधारभूत विद्यालयका तीन शिक्षक जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा पक्राउ परेका छन्।
लोक कल्याणकारी विज्ञापन

दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको उजुरीका आधारमा शिक्षिका भगवती बडैला, भगवती रेग्मी र शिक्षक टेकराज उपाध्याय पक्राउ परेका हुन्।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

विद्यार्थी तथा अभिभावकले विद्यालयमा जातीय आधारमा विभेद तथा छुवाछुत गरिएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए। उजुरीमाथि अनुसन्धान अघि बढाउँदै प्रहरीले तीन शिक्षकलाई पक्राउ गरेको हो।
घटनाबारे अनुसन्धान पूरा भएपछि आरोपको प्रकृति र संलग्नताबारे थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

