कैलाली

बरघर/भल्मन्सा प्रणालीलाई कानुनी मान्यता दिन थारू समुदायको माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १७ असोज । थारू समुदायको परम्परागत सामाजिक नेतृत्व प्रणाली बरघर/भल्मन्सासम्बन्धी विधेयकलाई कानुनी मान्यता दिनुपर्ने मागसहित सुदूरपश्चिम प्रदेशको सामाजिक विकास समितिलाई सुझाव दिइएको छ।

लोक कल्याणकारी विज्ञापन

बरघर/भल्मन्सा प्रणालीसँग सम्बन्धित सरोकारवालाले प्रदेशको सामाजिक विकास समितिसमक्ष विधेयकबारे आफ्ना सुझाव र धारणा प्रस्तुत गरेका हुन्। छलफलपछि सुदूरपश्चिम प्रदेशका थारू समुदायबाट निर्वाचित प्रदेशसभा सदस्य तथा सम्बन्धित कर्मचारीसँग सामूहिक तस्बिरसमेत खिचाइएको थियो।

लोक कल्याणकारी विज्ञापन

थारू समुदायमा सदियौँदेखि सामाजिक, सांस्कृतिक तथा सामुदायिक व्यवस्थापनका लागि अभ्यास हुँदै आएको बरघर/भल्मन्सा प्रणालीलाई प्रदेश सरकारले कानुनी मान्यता दिनुपर्ने सहभागीहरूको जोड थियो। उनीहरूले यस प्रणालीलाई संरक्षण गर्दै आधुनिक कानुनी संरचनाभित्र समेट्न आवश्यक रहेको बताएका छन्।

लोक कल्याणकारी विज्ञापन

बरघर/भल्मन्सा प्रणालीले थारू समुदायमा गाउँको सामाजिक व्यवस्थापन, विवाद समाधान, सामुदायिक निर्णय तथा परम्परागत संस्कार र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ।

सरोकारवालाले प्रदेश सरकारले विधेयकलाई आवश्यक प्रक्रिया अघि बढाउँदै ऐन तथा कार्यविधि छिट्टै पारित गरी कार्यान्वयनमा ल्याउने अपेक्षा व्यक्त गरेका छन्। त्यसो भए थारू समुदायको पुस्तौँदेखिको प्रथा, परम्परा र सामाजिक नेतृत्व प्रणालीले औपचारिक कानुनी आधार प्राप्त गर्ने उनीहरूको विश्वास छ।

लोक कल्याणकारी विज्ञापन
AD