दाउन्नेमा बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते
लोक कल्याणकारी विज्ञापन

नवलपरासी, १७ असोज । कोहलपुरबाट काठमाडौं आउँदै गरेको बस शनिबार बिहान दाउन्नेमा ब्रेक फेल भएर दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार बस बिहान पौने ४ बजे महेन्द्रराजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर सडकबाट नालामा पल्टिएको थियो।
लोक कल्याणकारी विज्ञापन

दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन।
लोक कल्याणकारी विज्ञापन

घाइते ११ जनालाई उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यबिन्दु अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा १७ जना यात्रु सवार थिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

