घटना

बिरामीमाथि दुर्व्यवहारको आरोपमा पोलिक्लिनिक सञ्चालक पक्राउ, छानबिन गर्न समिति गठन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाँके, २० असोज । उपचारका लागि पोलिक्लिनिक पुगेकी बिरामीको गोप्य अंग छोएको आरोपमा बाँकेको कोहलपुरबाट एक पोलिक्लिनिक सञ्चालक पक्राउ परेका छन्। घटनाबारे नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पनि छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा असोज १७ गते उपचारका लागि पुगेकी बिरामीको गोप्य अंग छोएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको थियो। पीडितबाट करणीसम्बन्धी कसुरमा जाहेरी प्राप्त भएपछि प्रहरीले पोलिक्लिनिक सञ्चालक ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिएको हो।

लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार कोहलपुर नगरपालिका–११ निवासी थापासँग सीएमए प्रमाणपत्र मात्र रहेको र उपचार गर्न आवश्यक इजाजत नभएको प्रारम्भिक विवरण छ। उनलाई बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।

लोक कल्याणकारी विज्ञापन

यसैबीच, नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिषद्ले असोज १९ गते जारी गरेको विज्ञप्तिमा घटनासम्बन्धी अनलाइन उजुरी प्राप्त भएको उल्लेख गर्दै सत्यतथ्य विवरण पेस गर्न पाँच सदस्यीय समिति गठन गरिएको जनाएको छ।

परिषद्का अनुसार लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा भएको घटनाको अनुसन्धान गरी विवरण पेस गर्न समितिलाई जिम्मेवारी दिइएको छ।

प्रहरीले घटनालाई करणीसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ भने परिषद्ले स्वास्थ्य सेवा तथा व्यवसायसँग सम्बन्धित पक्षबाट समेत छानबिन अघि बढाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD