सुदूरपश्चिम प्रदेश

दसैँको चहलपहल बढ्यो, परदेशिएकाहरू गाउँ फर्किँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १ कात्तिक । बडादसैँ नजिकिएसँगै सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल बढेको छ । रोजगारी र अध्ययनका लागि सहर तथा विदेश पुगेकाहरू घर फर्किन थालेपछि गाउँघरमा दसैँको रौनक छाएको हो ।

लोक कल्याणकारी विज्ञापन

दसैँ मनाउन भारतको दिल्लीबाट फर्किएका डोटीका चक्र बिकले गाउँघरमा चाडपर्वको छुट्टै रौनक हुने बताए । यद्यपि, दसैँका बेला यात्रा गर्न निकै सास्ती हुने गरेको उनको अनुभव छ ।

लोक कल्याणकारी विज्ञापन

घर फर्किनेको चहलपहलसँगै गाउँमा सरसफाइ, घर लिपपोत र सजावटका काम बढेका छन् । घटस्थापनासँगै घरघरमा जमरा राख्ने, पूजाआजा गर्ने तथा मन्दिर र शक्तिपीठमा दर्शनार्थी पुग्ने क्रम पनि बढेको छ ।

बिज्ञापन

दसैँको प्रभाव स्थानीय बजारमा समेत देखिएको छ । लत्ताकपडा, खाद्यान्न र पूजासामग्री किनमेल गर्नेको भीड बढ्न थालेको छ । आफन्तसँग भेटघाट, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण तथा सुखदुःख साटासाट गर्ने अवसरका रूपमा दसैँलाई लिने गरिन्छ ।

तर, पर्व सकिएपछि रोजगारी र अध्ययनका लागि गाउँबाहिर रहेकाहरू फर्किने भएकाले दसैँमा गुल्जार बनेका गाउँबस्ती पुनः सुनसान हुने गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन