घटना

ग्यास चुहावटबाट जलेर घाइते भएकी भट्टराईको उपचारका क्रममा मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

३० कात्तिक । मोरङको रतुवामाई नगरपालिका–९, भौडा टोलमा ग्यास चुहावटबाट भएको आगलागीमा परी गम्भीर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत भट्टराईको आइतबार बिहान २ः४५ बजे मृत्यु भएको हो । गत कात्तिक २४ गते हलीतिहारका दिन अपराह्न करिब ४ः३० बजे आफन्त राधाश्याम पौडेलको घरमा भएको आगलागीमा उनी गम्भीर घाइते भएकी थिइन् ।

घरको भुइँतलामा रहेको भान्छा कोठामा ग्यास चुहावट भई आगलागी हुँदा भान्छाबाट बाहिर निस्कने क्रममा भट्टराई आगोको चपेटामा परेकी थिइन् । घटनालगत्तै उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD

अवस्था गम्भीर भएपछि सोही दिन नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । अस्पतालमा उपचार जारी रहे पनि उनको ज्यान जोगाउन नसकिएको हो ।

आगलागीबाट घरको भान्छा कोठामा रहेका भाँडावर्तन, फर्निचर, अन्नपात, लत्ताकपडा, फ्रिज, दराज र टेलिभिजनलगायत सामग्री जलेर नष्ट भएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सभार– https://pradeskhabar.com/archives/131744

बिज्ञापन