घटना

आज बिहानै धनगढीबाट काठमाडौं जाँदै गरेको बस कावासोतीमा दुर्घटना, २५ जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३० कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

सोमबार बिहान कावासोती नगरपालिका–११ स्थित लोकाहामा धनगढीबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो । सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सडकमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरी तथा स्थानीयको सहयोगमा घाइते यात्रुको उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याइएको छ । घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको बताइएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

दुर्घटनामा परेको बस घटनास्थलमै रहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते यात्रुको विस्तृत विवरण तथा स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ

बिज्ञापन