खेलकुद

टी-२० विश्वकप छनोट: नेपालको विजयी सुरुआत, कुवेत ५८ रनले पराजित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं ।  आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ ।

छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्‍यो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रनमा समेटियो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए।

बिज्ञापन

बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २-२, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट लिए ।

त्यसअघि ओमनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले संयमित ब्याटिङ गरे ।

एकातर्फ लगातार विकेट गैरहेको अवस्थामा कुशलले नेपालको स्कोरलाई माथी उठाए । उनले ५६ बलमा ६६ रनको योगदान दिए ।

गुल्सन झाले आक्रमण ब्याटिङ गरे । उनले ६ बलमा २० रन बनाए । आसिफ शेख २, कप्तान रोहित पौडेल १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भए। बलिङमा कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले

समान २-२ विकेट लिएका थिए । नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसंग खेल्नेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।