एनपीएल-२: सुदूरपश्चिमको जितले विराटनगर किंग्स प्लेअफमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई हराउँदा विराटनगर किंग्स प्लेअफमा प्रवेश गरेको छ ।
आज भएको खेलमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गरेको थियो । योसँगै ६ खेलबाट ८ अंक जोडेको विराटनगर किंग्स प्लेअफमा पुगेको हो ।

विराटनगरले लिग चरणको अन्तिम खेल सुदुरपश्चिमसँग खेल्नेछ ।
एक खेल अगावै विराटनगर शीर्ष ४ मा रहने निश्चित भएको हो । एक खेल खेल्न बाँकी रहेका पोखरा एभेन्जर्स र चितवन राइनोजको ४ अंक छ । अन्तिम खेल जित्दा पनि विराटनगरलाई भेटाउँदैनन् ।
दुई खेल खेल्न बाँकी जनकपुर बोल्ट्सको पनि दुवै खेलमा जित निकाल्दा पनि ८ अंक हुँदैन । चौथो स्थानमा रहेको लुम्बिनीले अन्तिम खेलमा जनकपुरलाई हराएमा प्लेअफमा स्थान पक्का गर्नेछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
