टीकापुर

टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव’ कार्यक्रम हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १२ चैत्र । टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव’ कार्यक्रम हुनेभएको छ । उक्त महोत्सव टीकापुर साहित्य समाजको आयोजनामा चैत १३ गतेदेखि १५ गतेसम्म हुँदैछ ।

लोक कल्याणकारी विज्ञापन

चैत १३ र १४ मा हुने बहससत्रमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त साहित्यकार, लेखक, कलाकार, रङ्गकर्मी सञ्चारकर्मी र अभियन्ताहरूलाई स्थान दिइएको छ । यी सत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्त, प्राडा. माधवप्रसाद पोखरेल, साहित्यकार सरुभक्त, रङ्गकर्मी निर शाहका विचार सुन्न पाइने छ। 

लोक कल्याणकारी विज्ञापन

दोस्रो दिन हुने कार्यक्रममा लेखनमा महिला रङ, केन्द्रिकृत लेखन र सुदूरको यथार्थ शीर्षकको संवादमा लेखक तथा साहित्यकारहरुमा रामलाल जोशी, श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, लक्की चौधरीले संवाद गर्नुहुनेछ । सो सत्रको सहजीकरण साहित्यकार जनक रसिकले गर्नुहुनेछ । दोस्रो दिन डाक्टर वसन्त पन्तले मृत्यू चिन्तन विषयमा बहस गर्नुहुने छ ।

बिज्ञापन

महोत्सवको तेस्रो दिन सात वटा सत्रहरू थारू साहित्य र संस्कृति विशेष हुने छन् । यस दिन थारू समाजका बरघर परम्परा, थारू समुदायको चाडपर्व, मूलधारको साहित्य र थारू बिम्ब, थारू लोकसाहित्य मौखिक परम्परादेखि आधुनिक लेखनसम्म, आधुनिकताको लहरमा थारू पहिचान, थारू किसानका आँखामा बदलिदो गाउँ, उद्यमशील थारू महिलाजस्ता विषयमा चर्चा हुने छ ।

हरेक दिनको बहससत्रपछि साँझ विशेष कार्यक्रम हुने छन् । पहिलो दिनको साँझ यज्ञराज उपाध्याय र शोभा थापा मगरको उपस्थितिमा देउडा गायन हुने छ । साहित्यकारहरूबाट काव्य श्रवण हुने छ । दोस्रो दिन गजल श्रवण गरिने छ । तेस्रो दिनको साँझ थारू लोकगीत श्रवण, थारू सांस्कृतिक कार्यक्रम र रामलीला नाच हुने छन् । 

टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाह महोत्सवले स्थानीयताको प्रवर्धन गर्ने, स्थानलाई राष्ट्रिय रूपमा चिनाउने र राष्ट्रिय व्यक्तित्वहरूलाई स्थानीय परिवेश देखाउने काम गरेको बताउनुभयो । 

उहाँका अनुसार बहसमा बोल्ने वक्ताका कुराहरूबाट लोकतान्त्रिक परिवेश बुझ्न सहयोग पुग्ने, सृजनशीलता र पठन संस्कृति घटदोक्रममा रहेकाले यहाँ प्रतिभाहरूको साहित्यमा रुचि जगाउने उहाँको विश्वास छ ।

टीकापुर महोत्सवको पूर्वसन्ध्यामा नाटककार अशेष मल्लले नौ जना स्थानीय प्रतिभालाई दुई दिनको नाटक लेखन, अभ्यास गराउनुभएको छ । छ वटा स्थानमा लागु औषधविरुद्धको सडक नाटक देखाइएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन