पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सम्पत्ति शुद्धिकरण कसूर सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
लोक कल्याणकारी विज्ञापन

कांग्रेस नेता खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो।
लोक कल्याणकारी विज्ञापन

उनको बयान सुरु गरिएको तर उनीविरुद्धका प्रमाणहरू संकलन गर्ने तथा थप बयान लिने लगायत अनुसन्धानसम्बन्धी काम अझै बाँकी रहेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिरासतमा राख्न अनुमति माग गरेको थियो।
बिज्ञापन

सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७(४) बमोजिम खड्कालाई आजदेखि लागू हुने गरी ७ दिनको म्याद थप गरिएको हो।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

