मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
लोक कल्याणकारी विज्ञापन

रुपन्देही । मालपोत कार्यालय भैरहवा रुपन्देहीका नायव सुब्वा ओमबहादुर खाम्चा मगर दुई लाख रकम घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवाबाट उनलाई नियन्त्रणमा लिएको हो ।
शुक्रबार अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । जग्गा सरजमिन गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेपछि उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सूचना अधिकारी कमला घिमिरेले नेपाल प्रेसलाई जानकारी दिएकी छन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
