स्वास्थ्य

३७ दिनपछि अस्पतालबाट डिस्चार्ज भए भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ, ६ साउन । भाटभटेनी सुपरमार्केटका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङ गम्भीर स्वास्थ्य समस्याको उपचारपछि ३७ दिन अस्पतालमा बसेर केही दिनअघि डिस्चार्ज भएका छन्।

उपचारमा संलग्न चिकित्सकहरूले थप उपचारका लागि विदेश जान सुझाव दिए पनि गुरुङले स्वदेशमै उपचार गराउने निर्णय गरेका थिए। उनले नेपालको शिक्षण अस्पतालप्रति विश्वास व्यक्त गर्दै उपचार नेपालमै जारी राखेका थिए।

बिज्ञापन

उपचारका क्रममा आवश्यक केही विशेष औषधि अमेरिकाबाट मगाइएको थियो। चिकित्सकहरूको निरन्तर निगरानीमा गरिएको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

हाल चिकित्सकहरूले गुरुङलाई घरमै पूर्ण आराम गर्न, नियमित स्वास्थ्य परीक्षण गराउन तथा आवश्यक स्वास्थ्य सावधानी अपनाउन सल्लाह दिएका छन्।

नेपालको खुद्रा व्यापार क्षेत्रमा भाटभटेनी सुपरमार्केटलाई अग्रणी ब्रान्डका रूपमा स्थापित गरेका गुरुङको स्वास्थ्यमा सुधार आएको खबर सार्वजनिक भएपछि शुभेच्छुक, व्यवसायी तथा सर्वसाधारणले उनको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।