कैलाली

‘अस्पताल जान्छु’ भनेर घरबाट निस्किएकी पार्वती ११ दिनदेखि बेपत्ता, परिवारको भावुक अपिल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अत्तरीया, ६ साउन । कैलालीको गोदावरी नगरपालिका–७, जमुनानगर हरैयाकी ४४ वर्षीया पार्वती बगटी (ऐर) विगत ११ दिनदेखि सम्पर्कविहीन रहेकी छन्।

परिवारका अनुसार पार्वती असार २६ गते ‘अस्पताल जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। त्यसयता उनी परिवारको सम्पर्कमा नआएको र उनीसँग रहेको मोबाइल फोन पनि बन्द रहेको जनाइएको छ।

बिज्ञापन

पार्वतीका श्रीमान् डम्बरबहादुर ऐर रोजगारीका सिलसिलामा भारतमा सवारी चालकका रूपमा कार्यरत थिए। श्रीमती बेपत्ता भएको खबर पाएपछि उनी तत्काल स्वदेश फर्किएका छन्। उनले परिवारको भविष्यका लागि विदेशमा रहेर निरन्तर आर्थिक जिम्मेवारी निर्वाह गर्दै आएको बताउँदै श्रीमती अचानक सम्पर्कविहीन भएपछि आफू गम्भीर चिन्तामा परेको बताएका छन्।

पार्वतीका ८ र १३ वर्षका दुई छोरा छन्। आमाको अवस्था अज्ञात भएपछि उनीहरू भावुक बनेका छन्। परिवारले जहाँ भए पनि सकुशल घर फर्किन आग्रह गरेको छ।

घरमा रहेकी वृद्ध सासुले पनि बुहारीलाई छिट्टै घर फर्किन अनुरोध गरेकी छन्। त्यस्तै, देउरानीले साना बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै पार्वतीलाई सुरक्षित रूपमा घर फर्किन अपिल गरेकी छन्।

स्थानीयका अनुसार पार्वती घरबाट निस्कँदा रातो रङको सुट लगाएकी थिइन् भने हातमा प्लास्टिकको झोला बोकेकी थिइन्।

परिवारले पार्वतीलाई कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालय वा ९८६८५५३१२६ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेको छ। साथै, जहाँ भए पनि सुरक्षित रूपमा घर फर्किन परिवारले हार्दिक अपिल गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।