आस्था /आध्यात्म

टीकापुरस्थित जालपादेवी मन्दिर परिसरको चार बिघा जमिनमा पार्क बनाउने विषयमा छलफल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १८ साउन । कैलालीको टीकापुरस्थित जालपादेवी मन्दिरको दर्शन भ्रमणका क्रममा सांसद कोमल ज्ञवलीले मन्दिर परिसरमा रहेको चार बिघा जमिनको उपयोगबारे छलफल गरेका छन्।

शनिवार मन्दिरको अवलोकन तथा दर्शनपछि सांसद ज्ञवलीले मन्दिर परिसरमा रहेको करिब चार बिघा जमिनलाई व्यवस्थित पार्कका रूपमा विकास गर्ने विषयमा सरोकारवालासँग छलफल भएको जानकारी दिए।

उनका अनुसार धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जालपादेवी मन्दिर क्षेत्रलाई थप आकर्षक बनाउने उद्देश्यले पार्क निर्माणको अवधारणामाथि प्रारम्भिक छलफल गरिएको हो। पार्क निर्माण भए आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनुका साथै स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि बढ्न सक्ने विश्वास व्यक्त गरिएको छ।

छलफलमा मन्दिर व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार तथा पर्यटकीय सम्भावनाको उपयोगका लागि समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

सांसद ज्ञवलीले धार्मिक सम्पदाको संरक्षणसँगै त्यसलाई पर्यटनसँग जोडेर स्थानीय विकासमा योगदान पुर्‍याउने योजनालाई प्राथमिकतामा राखिने बताए। पार्क निर्माणको विषयमा आवश्यक अध्ययन, योजना र समन्वयपछि थप प्रक्रिया अघि बढाइने जनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।