घटना

ठमेलमा युवतीमाथि दुर्व्यवहारको भिडियो भाइरल भएपछि युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । सार्वजनिक सडकमा हिडिरहेकी युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ पर्नेमा शालीन शाह रहेका छन्। केही दिनअघि एक युवतीले आफू सडकमा हिडिरहेका बेला आफूमाथि दुर्व्यवहार भएको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन्। उक्त भिडियोमा एक युवकले युवतीलाई दुर्व्यवहार गरेको देखिएपछि घटना सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।

घटनालाई गम्भीरतापूर्वक लिदै जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले भिडियो तथा घटनासम्बन्धी विवरणका आधारमा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा शाहलाई काठमाडौको कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी लुकेर बसेको अवस्थामा फेला परेका हुन्।

सार्वजनिक स्थानमा महिलामाथि हुने दुर्व्यवहारको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरी अनुसन्धान र कानुनी कारबाहीको विषय बनेको यो घटनाले सार्वजनिक स्थलमा महिलाको सुरक्षामाथि समेत प्रश्न उठाएको छ। पक्राउ परेका शाहमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।