जलवायु

पलिया–गौरीफन्टा सडकमा बाढी, त्रिनगर नाका बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, २६ भदौ । भारततर्फको पलिया–गौरीफन्टा सडकखण्डमा बाढी आएपछि कैलालीको त्रिनगर नाकाबाट हुने आवागमन बन्द गरिएको छ।

पलिया–गौरीफन्टा मार्गअन्तर्गत भारतको वंशीनगर नजिक रपटा पुलमा बाढी आएपछि उक्त सडकखण्डमा आवागमन पूर्ण रूपमा रोकिएको हो। पुलमा पानीको बहाव बढेपछि सुरक्षालाई मध्यनजर गर्दै भारतीय प्रशासनले सडक बन्द गरेको जनाइएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार बुधबारदेखि नै त्रिनगर नाकाबाट हुने आवागमन बन्द छ। सडकमा बाढी आएपछि भारततर्फ जाने तथा नेपाल भित्रिने यात्रु र मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्।

आवागमन बन्द भएपछि त्रिनगर नाका हुँदै हुने व्यापारिक गतिविधिसमेत प्रभावित भएको छ। विशेषगरी भारतबाट आयात हुने ग्यासको आपूर्ति रोकिएको छ। नाका कहिले खुल्ने भन्ने विषयमा भने भारतीय प्रशासनबाट आधिकारिक जानकारी आइनसकेको जनाइएको छ।

बाढीका कारण सीमा क्षेत्रमा आवागमन अवरुद्ध हुँदा यात्रुहरूलाई सास्ती भएको छ भने मालवाहक सवारीसाधन रोकिँदा व्यापार तथा आपूर्ति व्यवस्थामा समेत असर परेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।