घटना

टीकापुरमा जङ्गली हात्तीको त्रास, गौशालाको गोदाममा पस्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २७ भदौ । टीकापुरमा जङ्गली हात्तीको गतिविधि बढेपछि स्थानीयवासी त्रसित भएका छन्। तीन दिनदेखि टीकापुर गौशाला आसपास डुलिरहेको हात्तीले गौशालामा प्रवेश गरेर गोदाममा क्षति पुर्‍याएको छ।

गौशालाका अध्यक्ष उत्तम शाहका अनुसार हात्तीले गाईका लागि भण्डारण गरिएको नुन, ब्रानलगायत खाद्य सामग्रीको गन्ध पाएपछि उक्त क्षेत्र छाडेको छैन। हात्तीले गोदामको टिनको पाता भत्काएर भित्र पसेको र त्यहाँ राखिएका खाद्य सामग्रीमा क्षति पुर्‍याएको उनले बताए।

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्र भएकाले हात्ती निकुञ्जबाट आएको हुनसक्ने अनुमान गरिएको छ। हात्तीको उपस्थितिबारे बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना तथा सम्बन्धित निकायलाई जानकारी गराइसकिएको छ। तर, हात्तीलाई सुरक्षित रूपमा हटाउने वा नियन्त्रणमा लिने प्रभावकारी प्रयास भने हुन सकेको छैन।

हात्ती लामो समयदेखि गौशाला आसपासमै रहेकाले स्थानीयमा थप त्रास बढेको छ। हात्ती बस्तीमा प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासन, वन कार्यालय, राष्ट्रिय निकुञ्ज, नेपाली सेना र स्थानीय तहले तत्काल समन्वय गरेर आवश्यक सुरक्षा उपाय अपनाउनुपर्ने स्थानीयको माग छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।