घटना

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३८६ पुग्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भएकामध्ये हालसम्म १ हजार ३८६ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट मृत्यु भएका १ हजार ३८६ जनाको शव फेला परेको हो।

बाढीपछि विभिन्न प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय उद्धार टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा ठूलो संख्यामा मानिस बेपत्ता भएपछि विभिन्न जलविद्युत् आयोजनाका टनेल, नदी किनार तथा प्रभावित बस्तीहरूमा खोजी कार्य जारी छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा उद्धार, राहत, शव खोजी तथा व्यवस्थापन र घाइतेको उपचारलगायतका कार्यसमेत निरन्तर सञ्चालन भइरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।