बेपत्ता छोराको पर्खाइमा आमाबुबा, अझै गरेनन् काजकिरिया

सुवा । भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीमा २७ वर्षीय कान्छा छोरा विजय तामाङ बेपत्ता भएपछि नौकुण्ड गाउँपालिका–३, रसुवाका शान्तामाया तामाङ र ठाकुर तामाङ अझै छोराको पर्खाइमा छन्।
गाडी चालकका रूपमा काम गर्दै आएका विजय बाढी आएपछि सम्पर्कविहीन भएका हुन्। बाढीमा बेपत्ता भएको लामो समय बितिसक्दा पनि उनको अवस्था अझै अज्ञात छ। तर, आमाबुबाले विजय अब नरहेको स्वीकार गर्न सकेका छैनन्। छोरा कतै जीवितै भेटिने आशामा उनीहरूले अहिलेसम्म काजकिरिया (घेवा) समेत गरेका छैनन्।
बाढीपछि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेकाले विजय पनि कुनै ठाउँमा सकुशल भेटिन सक्ने आशा परिवारले राखेको छ। हरेक दिन छोरा फर्किने खबरको प्रतीक्षा गरिरहेका शान्तामाया र ठाकुरका लागि समय बित्दै जाँदा पीडा थपिँदै गए पनि आशा भने मरेको छैन।

परिवारका लागि विजय बेपत्ता भएको एउटा नाम मात्र होइनन्, उनी घरको कान्छो छोरा र भविष्यको सहारा हुन्। त्यसैले मृत्युको संस्कार गर्नुभन्दा पहिले उनीहरू छोराको खोजी र सकुशल भेटिने आशामा छन्।
विजयको खोजीलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायले पहल गरिदिन परिवारले आग्रह गरेको छ। आमाबुबाको एउटै आशा छ—‘छोरा फर्किएर घर आओस्।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.