घटना

घरको सिढीबाट खसेर कञ्चनपुरमा पूर्वसैनिकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर, ३० भाद्र । आफ्नै घरको सिँढीबाट खसेर गम्भीर घाइते भएका कञ्चनपुरका पूर्वसैनिक भीमबहादुर बिष्टको उपचारका क्रममा मृत्यु भएको छ।

केही दिनअघि घरको सिँढीबाट खसेर घाइते भएका बिष्टको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

सिँढीबाट खसेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढी ल्याइएको थियो। उपचारका क्रममा उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि निधन भएको बताइएको छ।

बिष्टको सोमबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।