अनौठो

‘हाम्रा चाडपर्वमा दर हरायो, यस्ताे पो भयो मदिरा’ : सामाजिक सञ्जालमा चिन्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, ३० भाद्र । हरितालिका तीजको अवसरमा परम्परागत रूपमा मनाइने दर खाने चलन पछिल्लो समय बदलिँदै गएको भन्दै सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिएको छ।

तीजको मौलिकता र सांस्कृतिक पक्षभन्दा मदिरा सेवन तथा भड्किलो मनोरञ्जनले प्राथमिकता पाउन थालेको भन्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका छन्।

‘हामीहरूको चाड दर खाने, रमाउने त कतापो हराएछ, यो त पिउने पो भयो। हे भगवान्, सबैले कमेन्टमा लेखौँ, नेपालीको चाडबाड कतातिर लाग्यो ?’ भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनको उक्त अभिव्यक्तिपछि नेपाली चाडपर्वको मौलिकता, परम्परा र सांस्कृतिक मूल्य संरक्षण गर्नुपर्ने विषयमा सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

तीज विशेषगरी महिलाहरूले माइती तथा साथीभाइसँग भेटघाट गर्दै दर खाने, गीत गाउने, नाच्ने र आपसी सुख–दुःख साटासाट गर्ने पर्वका रूपमा मनाउँदै आएका छन्। पछिल्लो समय भने तीज मनाउने शैलीमा आएको परिवर्तनलाई लिएर विभिन्न कोणबाट बहस हुँदै आएको छ।

कतिपयले समयअनुसार चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक भए पनि मौलिक संस्कृति र परम्परालाई बिर्सन नहुने बताएका छन्। यस्तै, व्यक्तिगत स्वतन्त्रतासँगै चाडपर्वको सामाजिक र सांस्कृतिक महत्वलाई पनि जोगाउनुपर्ने धारणा सामाजिक सञ्जालमा व्यक्त भइरहेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।