अनौठो

६ महिनादेखि धुवाँ निस्किरहेको घाँगी भीर अध्ययन गर्न विज्ञ टोली जाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकास्थित घाँगी भीरबाट करिब ६ महिनादेखि निरन्तर धुवाँको मुस्लो निस्किरहेको घटनाको अध्ययन गर्न विज्ञ टोली घटनास्थल जाने भएको छ।

खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित सम्बन्धित विषयका विज्ञहरू सम्मिलित टोलीले घटनास्थलको स्थलगत अध्ययन गर्ने भएको हो। लामो समयदेखि भीरबाट निरन्तर धुवाँ निस्किएपछि यसको कारणबारे स्थानीयस्तरमा चासो बढ्दै गएको छ।

धुवाँ निस्किएको स्थानको भौगर्भिक अवस्था, धुवाँको स्रोत तथा सम्भावित कारणबारे टोलीले अध्ययन गर्ने जनाइएको छ। स्थलगत निरीक्षणपछि घटनाको वास्तविक कारण पहिचान गर्न थप परीक्षण तथा अनुसन्धान आवश्यक भए त्यसबारे पनि प्रक्रिया अघि बढाइनेछ।

स्थानीयवासीका अनुसार घाँगी भीरबाट लामो समयदेखि निरन्तर धुवाँ निस्किँदै आएको छ। धुवाँ देखिएपछि आसपासका बासिन्दामा कौतुहलसँगै सम्भावित जोखिमबारे चिन्ता समेत बढेको छ।

विज्ञ टोलीको स्थलगत अध्ययनपछि धुवाँ निस्कनुको वैज्ञानिक कारणबारे स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।