ज्ञान प्रचारक पुरातन महात्मा राईसिंह जीको निधन

टीकापुर, ३० भाद्र । सन्त निरंकारी मण्डल नेपालका ज्ञान प्रचारक पुरातन महात्मा राईसिंह जीको निधन भएको छ।
लामो समयदेखि सन्त निरंकारी मण्डलमा सक्रिय रहँदै आउनुभएका राईसिंह जीको मंगलबार बिहान ४ बजे आफ्नै निवास धर्मापुरमा निधन भएको दीपक रावलले जानकारी दिनुभयो।
रावलका अनुसार उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि निवासमै राखिएको छ। उहाँको निधनको खबरपछि स्थानीय सन्त–महात्मा तथा श्रद्धालुहरू शोकमा परेका छन्।
उहाँको अन्त्येष्टि तथा मालजुल (अन्तिम संस्कार) का लागि आवश्यक तयारी भइरहेको छ। अन्तिम श्रद्धाञ्जलीका लागि सन्त–महात्मा तथा श्रद्धालुहरू उहाँको निवासमा पुग्ने क्रम जारी रहेको रावलले बताउनुभयो।
सन्त निरंकारी मण्डल नेपालमा लामो समयदेखि ज्ञान प्रचारकका रूपमा सेवा गर्दै आउनुभएका राईसिंह जीको निधनले मण्डल तथा सन्त परिवारमा अपूरणीय क्षति पुगेको सन्तहरू बताउँछन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
