लुँग्रेली समाजद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ३० हजार रुपैयाँ सहयोग

काठमाडौ, ३१ भदौ । नेपालमा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित तथा पीडित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि महाराष्ट्रस्थित लुँग्रेली समाजले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २ लाख ३० हजारभन्दा बढी रुपैयाँ सहयोग गरेको छ।
समाजले स्वैच्छिक रूपमा संकलन गरेको १ लाख ४३ हजार ९ सय ५३ भारतीय रुपैयाँ अर्थात् नेपाली २ लाख ३० हजार ३ सय २५ रुपैयाँ राहत कोषमा जम्मा गरेको जनाएको छ।
देश तथा विदेशमा रहेका समाजका सदस्य, शुभेच्छुक र सहयोगीबाट संकलित उक्त रकम विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको समाजले जनाएको छ।

समाजका अध्यक्ष मीनबहादुर खड्का र सचिव सुरेन्द्र खड्काद्वारा हस्ताक्षरित पत्रमार्फत सहयोग अभियानमा आर्थिक तथा अन्य माध्यमबाट साथ दिने सबैप्रति धन्यवाद ज्ञापन गरिएको छ।
विपद्को समयमा पीडितको राहतका लागि सहयोग जुटाउने अभियानमा समाजले गरेको योगदानले प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.