थारूहरू समेत सम्पर्कविहीन भनिएको चिलिमे सुरुङबाट तीन जनाको शव निकालियो

काठमाडौ, ३१ भाद्र । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भनिएका व्यक्तिहरूको खोजीका क्रममा चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट तीन जनाको शव फेला परेको छ। सम्पर्कविहीनमध्ये थारू समुदायका व्यक्तिहरू पनि रहेको बताइएको थियो।
सेनाको गोताखोरसहितको संयुक्त उद्धार टोलीले सुरुङको प्वालबाट प्रवेश गरी अन्तिम किनारासम्म खोजी गर्दा तीनवटा शव फेला पारेको हो। तीमध्ये दुईवटा शव बाहिर निकालिएको छ भने अर्को शव निकाल्ने कार्य जारी रहेको छ।
उद्धार टोलीले हेलिकप्टरमार्फत स्याफ्रुबेसी पुर्याइएको एक्स्काभेटर र लोडर प्रयोग गरी चट्टान फोडेर करिब १ हजार ५० मिटर बाटो निर्माण गर्दै सुरुङसम्म पुगेर भग्नावशेष हटाउने काम गरिरहेको छ।
भग्नावशेष हटाउने क्रममा सुरुङको करिब ७० मिटरभित्रबाट पानी निस्किएको थियो। करिब १३० मिटरसम्म खोजी गर्दा पानीको सतह माथिल्लो भागसम्म पुगेपछि एक्स्काभेटर प्रयोग गर्न कठिन भएको उद्धार टोलीले जनाएको छ। सुरुङभित्र थप खोजी तथा उद्धार कार्य जारी छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
