अनौठो

पुलबाट कुकुरलाई सेतीमा फालेको भिडियो भाइरल, महिला खोज्दै प्रहरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बझाङ । बझाङ सदरमुकाम नजिकै पानकोट पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न महिलाको खोजी थालेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक महिलाले पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भइरहेको छ।

भिडियोका आधारमा घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न महिलाको पहिचान तथा उनको अवस्थाबारे जानकारी संकलन गर्ने काम भइरहेको प्रहरीको भनाइ छ।

जिउँदो जनावरलाई नदीमा फालेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले घटनाप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रहरीले भिडियोको स्रोत र घटनास्थल पहिचान गरी संलग्न महिलासम्म पुग्ने प्रयास गरिरहेको जनाएको छ। साथै कुकुरको अवस्थाबारे समेत प्रहरीले जानकारी संकलन गरिरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।