घटना

भारतमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कर्नाटक । भारतको कर्नाटकस्थित बेलगावीको चाभाट गल्लीमा घरभित्र फ्रिज विस्फोटपछि भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार राति करिब २ः१५ बजे धामोने परिवारको घरमा घटना भएको हो। गणेश चतुर्थीको तयारीस्वरूप घरमा गणेशको मूर्ति राखिएको थियो। परिवारका सदस्य खाना खाएर फ्रिज नजिकै सुतिरहेका बेला अचानक ठूलो आवाजसहित आगलागी भएको थियो।

आगलागीपछि स्थानीय बासिन्दाले उद्धार गरेका ६५ वर्षीय गजानन धामोने र उनका २१ वर्षीय छोरा रोशन धामोनेलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार दुवै जनाको शरीर करिब ६० प्रतिशत जलेको छ।

घटनामा गजाननकी ४५ वर्षीया पत्नी शारदा, ५० वर्षीया बहिनी भारती तथा शारदाका दुई छोरी २५ वर्षीया गंगा र २४ वर्षीया प्रियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विस्फोट र आगलागीका कारण घरको केही भागसमेत भत्किएको छ भने घरभित्र रहेका अधिकांश सामान जलेर नष्ट भएका छन्।

गणेशको मूर्ति सजाउन बिजुलीका बत्ती जडान गरिएकाले विद्युत् सर्ट भएर आगलागी भएको हो वा फ्रिजमा आएको खराबीका कारण विस्फोट भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको वास्तविक कारण प्राविधिक परीक्षणपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।