तीजको खर्च कटाएर रसुवा बाढीपीडितलाई २४ हजार सहयोग

मुम्बई । बैधनाथ महिला समाज मुम्बईले हरितालिका तीजको अवसरमा बुधबार विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सुदूरपश्चिमकी चर्चित देउडा गायिका निरुता खत्रीले देउडा तथा तीज गीत प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन गराएकी थिइन्।
कार्यक्रममा पत्रकार ललिता मलाती प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। समाजसेवी जगदीश बाब्ली विशिष्ट अतिथि रहेका थिए भने डम्बर रावल र इन्जिनियर प्रेम बाब्लीको पनि उपस्थिति थियो। कार्यक्रमको सञ्चालन मनु बोगटीले गरेकी थिइन्।

समाजकी अध्यक्ष माया बि.क., उपाध्यक्ष सुनिता सिंह र सचिव रतन सिंहको नेतृत्वमा सम्पन्न कार्यक्रममा समाजले तीज कार्यक्रमको खर्च कटौती गरेर रसुवाका बाढीपीडितका लागि २४ हजार २४१ रुपैयाँ सहयोग संकलन गरेको जनाएको छ।
उपाध्यक्ष सिंहका अनुसार तीज मनाउँदा हुने खर्चमा कटौती गरी विपद्मा परेका परिवारलाई सहयोग गरिएको हो। चाडपर्वलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोड्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको उनले बताइन्।
समाजले तीज कार्यक्रममार्फत विपद्का बेला पीडितलाई सहयोग गर्ने र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सन्देश दिएको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.