घटना

सेतीमा बेपत्ता युवतीको खोजी गर्न सशस्त्रको गोताखोर टोली दिपायलमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी । सेती नदीमा हाम फालेर बेपत्ता भएकी दिपायल सिलगढी नगरपालिका–६ नाचन्थलीकी २२ वर्षीया प्रियंका श्रेष्ठको खोजी गर्न कैलालीबाट सशस्त्र प्रहरीको गोताखोर टोली दिपायल पुगेको छ।

मंगलबार साँझ करिब ४ः५५ बजे दिपायल सिलगढी नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट सेती नदीमा हाम फालेकी श्रेष्ठको खोजी गर्दा फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालयबाट तालिमप्राप्त गोताखोर टोली परिचालन गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण दिपायल, दिपायल सिलगढी नगरपालिका–६ र जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा सहायक प्रहरी निरीक्षक वीरेन्द्र कार्कीको नेतृत्वमा ६ सदस्यीय गोताखोर टोली बुधबार राति डोटी पुगेको थियो। टोलीले बिहीबार बिहानैदेखि सेती नदीमा खोजी थालेको छ।

श्रेष्ठले आफ्नै जन्मदिनका दिन झोलुङ्गे पुलबाट नदीमा हाम फालेको प्रहरीले जनाएको छ। घटना भएलगत्तैदेखि इलाका प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय डोटी, सशस्त्र प्रहरी बल नं. ३६ गणको टोली तथा स्थानीय बासिन्दा खोजीमा खटिएका छन्।

बुधबार बिहानैदेखि इलाका प्रहरी कार्यालय दिपायल र सशस्त्र प्रहरी बलको टोलीले दिपायल आसपासका क्षेत्रमा खोजी गरेको थियो। त्यस्तै, इलाका प्रहरी कार्यालय लडागडा र स्थानीय बासिन्दाले नारिदाङ क्षेत्रमा समेत खोजतलास गरे पनि श्रेष्ठ फेला नपरेपछि टोली फर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।