महाकालीको झोलुङ्गे पुल मोडिएपछि आवतजावत बन्द
लोक कल्याणकारी विज्ञापन

कञ्चनपुर, १४ असोज । महाकाली नदीमाथि बनेको दोधारा–चाँदनी झोलुङ्गे पुल अचानक मोडिएको अवस्थामा देखिएपछि आवतजावत बन्द गरिएको छ। पुलमा समस्या देखिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै मर्मत सम्पन्न नभएसम्मका लागि आवागमन रोकिएको हो।
लोक कल्याणकारी विज्ञापन

नेपालकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित उक्त पुलमा समस्या देखिएपछि स्थानीयवासी तथा यात्रु प्रभावित भएका छन्। पुलबाट दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको छ।
लोक कल्याणकारी विज्ञापन

सम्बन्धित निकायले पुलको अवस्थाबारे निरीक्षण गरी मर्मत कार्य अघि बढाउने जनाएको छ। मर्मत सम्पन्न भएपछि मात्रै पुल पुनः सञ्चालनमा ल्याइने बताइएको छ।
लोक कल्याणकारी विज्ञापन

तर, पुलको मर्मत कहिलेसम्म सम्पन्न हुन्छ र पुनः आवतजावत कहिले खुलाइन्छ भन्नेबारे भने सम्बन्धित निकायले स्पष्ट जानकारी दिएको छैन।
लोक कल्याणकारी विज्ञापन

