टीकापुरमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुटियो, युवक गम्भीर घाइते
लोक कल्याणकारी विज्ञापन

टीकापुर, १३ कात्तिक । कैलालीको टीकापुर नगरपालिका–३ घिया पुच्छ्रीका ३१ वर्षीय सुरज चौधरीमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटिएको छ ।
लोक कल्याणकारी विज्ञापन

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका चौधरीको भारतको लखनउमा उपचार भइरहेको आफन्तले जनाएका छन् ।
लोक कल्याणकारी विज्ञापन

चौधरीमाथि कसले र किन आक्रमण गरेको हो भन्ने खुलेको छैन । घटनामा संलग्न व्यक्तिको पहिचान तथा लुटिएको रकम र मोबाइलको विवरणसमेत प्राप्त हुन सकेको छैन ।
बिज्ञापन

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पछिल्लो समय टीकापुरमा चोरी तथा लुटपाटका घटना बढ्दै गएको भन्दै स्थानीयमा सुरक्षा चिन्ता बढेको छ । यस्ता घटना नियन्त्रण गर्न प्रहरीले सुरक्षा निगरानी र गस्ती बढाउँदै थप सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

