व्याक्ती बिशेष

पिठ्युमा सानो भाइ बोकेर स्कुल जन्छ्न र निदाएको भाइलाई काखमै राखेर पढ्छन् रिदम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एकातिर सुविधासम्पन्न जीवन बाँच्नेहरू छन्, अर्कोतिर यस्ता बालबालिका छन् जो सानै उमेरमै जिम्मेवारीको भारी काँधमा बोकेर जीवनसँग संघर्ष गरिरहेका छन् यस्तै जिउँदो उदाहरण हुन् सानो रिदम…।

लोक कल्याणकारी विज्ञापन

रिदम कक्षा ६ का एक मेहनती विद्यार्थी हुन्, जो सधैं कक्षामा प्रथम हुन्छ्न । उनी अत्यन्तै राम्रो पढ्ने, लगनशील र मेहनती बालक हुन् ।

लोक कल्याणकारी विज्ञापन

उनको दैनिकी सजिलो छैन घरको परिस्थितिका कारण सानो भाइलाई एक्लै छोडेर स्कुल जान सक्ने अवस्था छैन । त्यसैले उनी हरेक दिन आफ्नो सानो भाइलाई पिठ्युँमा बोकेरै विद्यालय पुग्छन् । भाइलाई कहिले काखमा राखेर, कहिले काँधमा बोकेरै उनी पढाइलाई निरन्तरता दिन्छन् ।

बिज्ञापन

थकाइले शरीर भारी हुँदा पनि उनी पढाइ छोड्दैनन् । भाइ काखमै निदाइदिन्छ, तर पनि उनी निदाएको भाइलाई काखमै बोकेरै किताब पढिरहन्छन्…।

उनको जीवनले स्पष्ट देखाउँछ कि अभाव र सुविधाले होइन, परिस्थितिले मान्छेलाई अझ जिम्मेवार, व्यवहारिक र बलियो बनाउने रहेछ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन