गरिबी र संघर्षबाट विश्व फुटबलको शिखरसम्म : १९ वर्षमै विश्वकप ट्रफी उचाल्ने लामिन यामालको प्रेरणादायी यात्रा

विश्व फुटबलमा कम उमेरमै असाधारण सफलता हासिल गरेका लामिन यामालको जीवनकथा संघर्ष, त्याग र दृढ संकल्पको उदाहरण बनेको छ। १९ वर्षकै उमेरमा विश्वकप ट्रफी उचाल्ने खेलाडी बनेका यामालको सफलतापछाडि उनको परिवार, विशेषगरी हजुरआमा फातिमाको अथक संघर्षलाई महत्वपूर्ण मानिन्छ।
मोरक्कोमा जन्मिएकी फातिमाले गरिबी र अभावपूर्ण जीवनबाट परिवारलाई मुक्त गराउने उद्देश्यले एक्लै स्पेन जाने साहसिक निर्णय गरेकी थिइन्। उनी कष्टकर यात्रापछि स्पेनको क्याटलोनिया पुगेकी थिइन्। त्यहाँ पुगेपछि उनले बिहान, दिउँसो र रात गरी तीन सिफ्टमा काम गर्दै जीवनलाई शून्यबाट सुरु गरिन्।

केही रकम बचत गरेपछि उनले आफ्ना तीन वर्षीय छोरा, जो पछि लामिनका पिता बने, उनलाई पनि स्पेन ल्याउन सफल भइन्। तर परिवारको आर्थिक अवस्था अझै कमजोर नै थियो। लामिनका आमाबुवाले कम उमेरमै विवाह गरेका कारण उनलाई हुर्काउन कठिनाइ भोग्नुपरेको थियो। उनीहरू सामुदायिक भोजनको सहारामा गुज्रन्थे र बस्नका लागि साथीहरूको कोठा साझा गर्न बाध्य थिए।
परिवारलाई कठिन समयमा सहयोग गर्ने दुई नजिकका साथीप्रति सम्मान व्यक्त गर्दै उनीहरूले आफ्नो छोराको नाम नै ‘लामिन यामाल’ राखेको उल्लेख गरिन्छ।
लामिन तीन वर्षका हुँदा उनका आमाबुवा छुट्टिएका थिए। त्यसपछि उनकी आमा फास्टफुड रेस्टुरेन्टमा काम गरेर परिवार धान्थिन् भने हजुरआमा फातिमाले उनको हेरचाह र खेलप्रतिको रुचिलाई निरन्तर प्रोत्साहन दिइन्। आमा र हजुरआमाको साथ तथा आफ्नै मेहनतका कारण यामालले अध्ययनसँगै फुटबलमा पनि निरन्तर प्रगति गर्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए।
लामिन यामालको जीवनयात्राले गरिबीलाई केवल अभिशाप नभई संघर्ष र सफलताको प्रेरणाको स्रोत पनि बनाउन सकिने सन्देश दिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
