घटना

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३४१ पुग्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २१ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४१ पुगेको छ।

नेपाल प्रहरीले आज भदौ २१ गते बिहान ७:४० बजेसम्म बाढीमा बेपत्ता भएकामध्ये १ हजार ३ सय ४१ जनाको मृत्यु पुष्टि भएको जनाएको हो।

प्रहरीका अनुसार अझै ४ हजार ४४ जना सम्पर्कविहीन छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहँदा प्रभावित परिवारमा चिन्ता र पीडा झन् गहिरिएको छ।

विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्‍याएपछि बेपत्ता आफन्तको खोजीमा रहेका परिवारहरू आफ्ना प्रियजनको सकुशल फर्किने आशामा प्रतीक्षारत छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।