मोहना नदीमा बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रहरीको माइकिङ

कैलाली । मोहना नदीमा पानीको बहाव बढेसँगै नदी आसपासका तटीय क्षेत्रमा सतर्कता अपनाउन नेपाल प्रहरीले माइकिङमार्फत स्थानीयलाई सचेत गराएको छ।
इलाका प्रहरी कार्यालय रैकावार विचुवाको टोलीले धनगढी र कृष्णपुरलाई जोड्ने राजघाट पुलमा पुगेर नदीको अवस्था अवलोकन गर्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको हो।
प्रहरीले नदीको बहाव बढिरहेकाले जोखिमयुक्त स्थानमा नजान, नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित जोखिम देखिए सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। बाढी तथा नदीजन्य जोखिमका बेला स्थानीयलाई समयमै सचेत गराउनु र आवश्यक परे उद्धारका लागि तयारी अवस्थामा रहनु महत्वपूर्ण हुने प्रहरीले जनाएको छ। नेपाल प्रहरीले विपद्का समयमा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, उद्धार तथा खोजी कार्य गर्ने गर्दै आएको छ।
धनगढी र कृष्णपुर जोड्ने राजघाट क्षेत्र मोहना नदीसँग जोडिएको महत्वपूर्ण आवागमन क्षेत्र हो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
