सहयोग तथा उदार

गौमाता संरक्षणका लागि पाण्डे परिवारद्वारा एक लाख पाँच सय रुपैयाँ सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

घोडाघोडी , २३ भाद्र । गौमाता संरक्षण, पशु कल्याण तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले काठमाडौं निवासी पाण्डे परिवारले कैलालीको घोडाघोडी नगरपालिका–साडेपानीस्थित काँजी हाउसका लागि व्यवस्थित ट्रस्ट निर्माण अभियानमा एक लाख पाँच सय रुपैयाँ सहयोग गरेको छ।

घोडाघोडी नगरपालिका–साडेपानीस्थित काँजी हाउसका लागि व्यवस्थित ट्रस्ट निर्माण गर्ने प्रतिबद्धताअनुसार काठमाडौं स्वयम्भू निवासी बुधराज पाण्डे, उहाँकी श्रीमती संगीता पाण्डे र नाती कौशलराज पाण्डेले उक्त रकम सहयोग गर्नुभएको हो।

पाण्डे परिवारले लक्ष्मी सेल्स एन्ड सप्लायर्सको क्यूआरमार्फत रु. १,००,५०० सहयोग गरेको जनाइएको छ। गौमाता संरक्षण तथा चराचर जगतको कल्याणका लागि निर्माण गर्न लागिएको ट्रस्टलाई सहयोग पुग्ने विश्वाससहित परिवारले उक्त सेवा गरेको हो।

गौमाता संरक्षणका साथै सामाजिक सेवामा समेत रुचि राख्ने पाण्डे परिवारले संकटका बेला तन, मन र धनबाट सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ।

काँजी हाउसलाई व्यवस्थित बनाउन तथा गौमाताको संरक्षण र सेवाका लागि दीर्घकालीन संरचना निर्माण गर्ने अभियानमा प्राप्त सहयोग महत्वपूर्ण रहेको अभियानमा संलग्न व्यक्तिहरूले बताएका छन्। उनीहरूले पाण्डे परिवारको सहयोगप्रति आभार व्यक्त गर्दै अन्य व्यक्ति तथा परिवारलाई समेत यस्ता मानवीय तथा सेवामूलक अभियानमा जोडिन आग्रह गरेका छन्।

गौमाता संरक्षणलाई केवल धार्मिक आस्थाको विषयका रूपमा मात्र नभई पशु कल्याण, मानवीय संवेदना र सामाजिक जिम्मेवारीसँग जोडेर अघि बढाउनुपर्नेमा समेत जोड दिइएको छ।

सहयोग प्रदान गर्ने पाण्डे परिवारप्रति अभियानका तर्फबाट धन्यवाद व्यक्त गर्दै उनीहरूको सेवाभाव आगामी पुस्तासम्म प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।