सुदूरपश्चिम प्रदेश

नेपालतर्फको पुलमा भारतीय ठेगाना राखिएको बोर्ड, दार्चुलामा विरोध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दार्चुला, २४ भाद्र । महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको नेपालतर्फ राखिएको साइनबोर्डमा भारतीय क्षेत्रको ठेगाना उल्लेख भएपछि दार्चुलामा विरोध भएको छ।

नेपाल–भारत मैत्री सेतुको नेपालतर्फको भाग महाकाली नगरपालिका–८, असिगडामा पर्छ। तर पुलछेउ राखिएको बोर्डमा ठेगानाका रूपमा ‘काली नदी, छारछुम’ लेखिएको छ। छारछुम भारतको धारचुला तहसिलअन्तर्गत पर्छ।

नेपाली भूभागमा राखिएको बोर्डमा भारतीय ठेगाना उल्लेख गरिएको भन्दै राजनीतिक दल, पत्रकार तथा स्थानीयवासीले तत्काल सच्याउन माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका सभापति राजेशसिंह सामन्तले यस विषयमा परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको बताए।

स्थानीय रवि धामीले सीमाक्षेत्रमा निर्माण हुने संरचनाका बोर्ड, लोगो, भाषा र ठेगानासम्बन्धी स्पष्ट मापदण्ड आवश्यक रहेको बताए।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले भारततर्फ धारचुलाका एसडीएम आशिषकुमार जोशीसँग कुराकानी भएको र भारतीय पक्षले त्रुटि सच्याउने जानकारी दिएको बताए।

पुल निर्माणमा संलग्न कम्पनीका सबइन्जिनियर हेम पाण्डेले साइनबोर्ड छपाइका क्रममा त्रुटि भएको स्वीकार गर्दै तत्काल सच्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।