साँफेबगरको जंगलमा लुकाइराखेको भरुवा बन्दुक बरामद
लोक कल्याणकारी विज्ञापन

अछाम, २७ भदौ । अछामको साँफेबगर नगरपालिका–२ श्रीकोटस्थित तपसीझाड जंगलबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको छ।
फँलाटको रुखमुनि लुकाइछिपाइ राखिएको अवस्थामा शुक्रबार दिउँसो प्रहरीले भरुवा बन्दुक फेला पारेको हो। इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले जंगलमा बेवारिसे अवस्थामा रहेको बन्दुक बरामद गरेको जनाएको छ।
बन्दुक कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्ने खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
