राष्ट्रिय समाचार

कृष्णभीर पहिरोमा परीक्षणस्वरूप सवारीसाधन सञ्चालन, सडक खुलाउने काम तीव्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । कृष्णभीर पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयासअन्तर्गत परीक्षणस्वरूप सवारीसाधन पास गराइएको छ।

काठमाडौँ–चितवनतर्फ जाने क्रममा एउटा बुलेटसहित करिब २० वटा सवारीसाधनलाई परीक्षणका रूपमा पहिरोस्थलबाट पास गराइएको हो। त्यस्तै, चितवन–काठमाडौँतर्फबाट एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पास गराइएको जनाइएको छ।

सवारीसाधन परीक्षणका रूपमा पास गराउन सफल भएपछि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने सम्भावना बढेको छ। पहिरो हटाउने, सडक व्यवस्थापन गर्ने तथा यातायात सञ्चालनका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ।

सम्बन्धित निकायले सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौँ–चितवनबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।