बाढीपहिरो प्रभावितका लागि पशुपतिनाथ एकता सामाजिक संस्थाद्वारा ४ लाख ११ हजार सहयोग

नवी मुम्बई । नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भारतको नवी मुम्बईस्थित पशुपतिनाथ एकता सामाजिक संस्थाले रु. ४ लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ।
विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम प्रदान गरेको हो। मानवीय सेवाको यस कार्यका लागि संस्थाका अध्यक्ष कृति आग्रीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गरिएको छ।

सहयोग अभियानमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण दिदीबहिनीप्रति पनि धन्यवाद व्यक्त गरिएको छ।
विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिनु नै सबैभन्दा ठूलो मानवीय धर्म भएको उल्लेख गर्दै सकेसम्म सहयोग गर्न र पीडितको दुःखमा मलम लगाउन सबैमा आह्वान गरिएको छ।
नेपालमा आएको विपद्का बेला प्रवासमा रहेका नेपाली तथा विभिन्न सामाजिक संघसंस्थाले राहत तथा उद्धारका लागि सहयोग जुटाउँदै आएका छन्। पशुपतिनाथ एकता सामाजिक संस्थाको सहयोगले विपद्मा परेका नागरिकको राहत तथा पुनर्स्थापनामा केही योगदान पुग्ने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.