लखनउमा नेपाली इतिहास बोकेको ‘नेपाली हवेली’

लखनउ । भारतको उत्तर प्रदेशस्थित लखनउको आमचोक चौराहाबाट करिब ५०० मिटर दक्षिणतर्फ पुग्दा एउटा ऐतिहासिक तथा भव्य भवन देखिन्छ—‘नेपाली हवेली’। सन् १९३० मा निर्माण गरिएको यो हवेलीले लखनउमा नेपालीहरूको पुरानो उपस्थिति, व्यापारिक गतिविधि र नेपाल–भारतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धको इतिहासलाई जोगाएर राखेको छ।

ललितपुरका स्थायी बासिन्दा सूर्यबहादुर श्रेष्ठको परिवारसँग सम्बन्धित यो भवनलाई ‘सत्यबहादुर भवन’का नामले समेत चिनिन्छ। विशाल क्षेत्रफलमा फैलिएको पुरानो शैलीको यो हवेली उत्कृष्ट वास्तुकला र मौलिक संरचनाका कारण आज पनि त्यस क्षेत्रको आकर्षणका रूपमा रहेको छ।
श्रेष्ठ परिवार नेपालका हिमाली तथा पहाडी क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी भारतको लखनउसम्म पुर्याएर व्यापार गर्ने कार्यमा संलग्न रहेको बताइन्छ। नेपालका पहाडी तथा हिमाली क्षेत्रबाट जडीबुटी भारतका विभिन्न सहरसम्म पुर्याउने व्यापारिक परम्पराले नेपाल र भारतबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेको थियो।


त्यसैले ‘नेपाली हवेली’ एउटा पुरानो भवन मात्र नभई भारतमा नेपाली व्यापारीहरूको उपस्थिति, उनीहरूको व्यापारिक यात्रा र नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धको साक्षीका रूपमा रहेको छ।
लखनउजस्तो व्यस्त सहरको बीचमा पनि आफ्नो मौलिक ऐतिहासिक पहिचान जोगाइरहेको यो हवेली नेपाली इतिहास र नेपाल–भारतको पुरानो व्यापारिक सम्बन्ध अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण सम्पदाका रूपमा लिन सकिन्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.