टीकापुर

खोटेना भुराखानानी सामुदायिक वनको तर्फबाट हेलोजन लाइट र स्वचालित सेन्सर जडान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३० भाद्र । जंगली हात्तीको बथानले बस्तीमा पसेर बालीनाली, भौतिक संरचना तथा धनजनमा क्षति पुर्‍याउन थालेपछि टीकापुर नगरपालिका–२ स्थित सीतापुरमा निगरानीका लागि हेलोजन लाइट र स्वचालित सेन्सर जडान गरिएको छ।

खोटेना भुराखानी सामुदायिक वनको तर्फबाट १०० वाटको हेलोजन लाइट र स्वचालित सेन्सर उपलब्ध गराई हात्ती जङ्गलबाट बस्ती प्रवेश गर्ने बाटोमा जडान गरिएको हो। उक्त सामग्री टीकापुर नगरपालिका–२ का वडाध्यक्ष दीपक चौधरीको रोहबरमा छिमेकी गाउँ सीतापुरलाई हस्तान्तरण गरिएको सामुदायिक वनले जनाएको छ।

लामो समयदेखि रातिको समयमा जंगली हात्ती बस्तीमा प्रवेश गरी क्षति पुर्‍याउन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्नुपर्ने अवस्थामा छन्। विशेषगरी हात्ती आउने बाटो ‘गौणा’मा अँध्यारोका कारण निगरानी गर्न कठिनाइ हुँदै आएको थियो।

हेलोजन लाइट जडान भएपछि रातिको समयमा हात्तीको गतिविधि निगरानी गर्न सहज हुने र स्वचालित सेन्सरले हात्तीको आवागमन पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीले हात्तीको जोखिम न्यूनीकरणका लागि खोटेना भुराखानी सामुदायिक वनले गरेको सहयोगले रातिको निगरानीमा सहजता पुग्ने बताएका छन्। उनीहरूले बस्तीको सुरक्षाका लागि थप प्रभावकारी उपाय अवलम्बन गर्नसमेत सम्बन्धित निकायसँग माग गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।