कैलाली

ब्राउनसुगरजस्तो पदार्थसहित कुसुमघाटमा तीन जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कुसुम, ३१ भाद्र । कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–८ का ३३ वर्षीय देवेन्द्र शाही, अछामको साँफेबगर नगरपालिका–१० का ३० वर्षीय अनिल भुल र घोडाघोडी नगरपालिका–२ का ३६ वर्षीय कृष्ण चौधरी रहेका छन्।

उनीहरूलाई कुसुमघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद पदार्थको परीक्षण तथा पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।