टीकापुर

रसुवा बाढीपीडितलाई टीकापुरको शुभनगर टोल विकास संस्थाको सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १२ असोज । टीकापुरस्थित शुभनगर टोल विकास संस्थाले रसुवामा बाढीपहिरोका कारण प्रभावित तथा सम्पर्कविहीन भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

लोक कल्याणकारी विज्ञापन

संस्थाका अध्यक्ष संगीता चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले संस्थाको मासिक बचतबाट रसुवा बाढीपीडित परिवारलाई रु. ५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

लोक कल्याणकारी विज्ञापन

बैठकमा रसुवामा बाढीपहिरोका कारण परिवारका सदस्य सम्पर्कविहीन भएका तथा प्रभावित परिवारको अवस्थाप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन समयमा पीडितलाई सहयोग गर्नुपर्नेमा जोड दिइएको थियो। सोहीअनुसार संस्थाको समूहबाट आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो।

लोक कल्याणकारी विज्ञापन

बैठकमा संस्थाको नियमित मासिक बचत तथा आगामी गतिविधिका विषयमा समेत छलफल भएको थियो।

लोक कल्याणकारी विज्ञापन