कैलाली

जोशीपुरमा निस्सा सम्बन्धी कागजात लिन सेवाग्राहीको चाप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जोशीपुर, १४ असोज । निस्सा सम्बन्धी कागजात संकलन गर्ने कार्य सुरु भएसँगै जोशीपुर गाउँपालिकाका वडा कार्यालयमा सेवाग्राहीको चाप बढेको छ। निस्सा प्राप्त गरिसकेका तथा नयाँ निस्सा लिन चाहने नागरिकको भीड बढेपछि वडा नम्बर ३, ५ र ७ का कार्यालयमा कामको चाप बढेको हो।

लोक कल्याणकारी विज्ञापन

सेवाग्राहीको भीड व्यवस्थापन गर्न वडा कार्यालयहरूले पालो प्रणाली अपनाएका छन्। वडा नम्बर ३ मा रहेका नौवटा गाउँलाई समूहमा विभाजन गरी दैनिक दुई गाउँका नागरिकलाई पालो दिने व्यवस्था गरिएको वडाध्यक्ष रेणुकुमारी डगौराले बताइन्।

लोक कल्याणकारी विज्ञापन

‘सेवाग्राहीको भीड बढेपछि कामलाई व्यवस्थित बनाउन पालो प्रणाली लागू गरेका हौं,’ उनले भनिन्, ‘यसले नागरिकलाई सहज रूपमा सेवा लिन र कार्यालयमा हुने भीड व्यवस्थापन गर्न सहयोग पुगेको छ।’

लोक कल्याणकारी विज्ञापन

वडा नम्बर ५ का वडाध्यक्ष अनरकुमार चौधरीले सबै सेवाग्राहीको काम हुने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए। आवश्यक कागजातसहित धैर्य गरेर पालोअनुसार सेवा लिन उनले नागरिकलाई आग्रह गरेका छन्।

तर सेवाग्राहीले भने सेवा प्रवाहमा एकरूपता नभएको गुनासो गरेका छन्। केहीले वडा कार्यालयबाट राम्रो सेवा पाइरहेको बताए पनि केही सेवाग्राहीले दुई–तीन दिनसम्म कार्यालय धाउँदा पनि काम हुन नसकेको बताएका छन्।

विशेषगरी फारम भर्न तथा आवश्यक कागजात मिलाउन परामर्शकर्ता र लेखपढ गर्न नसक्ने सेवाग्राहीलाई सहयोग गर्ने व्यवस्था नहुँदा समस्या भएको उनीहरूको गुनासो छ। ‘फारम भर्नसमेत सहयोग गर्ने मान्छे नहुँदा झन् समस्या भएको छ,’ एक सेवाग्राहीले भने।

सेवाग्राहीको चाप बढेसँगै वडा कार्यालयहरूले जनशक्ति र सेवा व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्ने मागसमेत उठेको छ।

लोक कल्याणकारी विज्ञापन
AD