टीकापुर

सामाजिक जवाफदेहिताका लागि अभियन्ता विकाससम्बन्धी चारदिने तालिम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १७ असोज । स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले टीकापुरमा सञ्चालन गरिएको सामाजिक जवाफदेहिताका लागि स्थानीय जवाफदेही अभियन्ता विकाससम्बन्धी प्रशिक्षक प्रशिक्षण (टीओटी) तालिम सम्पन्न भएको छ।

लोक कल्याणकारी विज्ञापन

द एसिया फाउन्डेसन र टीकापुर नगरपालिकाको साझेदारीमा सहकर्मी समाजले सञ्चालन गरिरहेको ‘स्थानीय सरकार सबलीकरण कार्यक्रम’अन्तर्गत टोल विकास संस्था सशक्तीकरण परियोजनामार्फत तालिम आयोजना गरिएको हो। टीकापुर नगरपालिका–१ स्थित ग्रीन एसिया होटलमा असोज १३ देखि १६ गतेसम्म चार दिन तालिम सञ्चालन भएको थियो।

लोक कल्याणकारी विज्ञापन

तालिममा सामाजिक जवाफदेहिताको अवधारणा र यसको महत्त्वबारे जानकारी दिनुका साथै सामाजिक जवाफदेहिताका विभिन्न औजार प्रयोग गर्ने सीप विकास, नागरिकको अर्थपूर्ण सहभागिता र आवाजलाई सशक्त बनाउने तथा स्थानीय तह र सार्वजनिक निकायलाई थप उत्तरदायी र पारदर्शी बनाउन आवश्यक ज्ञान तथा सीप प्रदान गरिएको थियो।

लोक कल्याणकारी विज्ञापन

त्यस्तै, तालिमबाट प्राप्त ज्ञान र सीप समुदायका अन्य व्यक्तिलाई हस्तान्तरण गर्न सक्ने प्रशिक्षक तयार गर्ने तथा स्थानीयस्तरमा सुशासन र सेवा प्रवाह सुधारका लागि अभियन्ताको भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

तालिमको समापन कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा टोल विकास संस्थाका फोकल पर्सन अमृता रावल, टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओडलगायतको सहभागिता थियो।

तालिममा सहकर्मी समाज टीकापुर तथा भजनीका स्थलगत कार्यक्रम अधिकृत नवराज जैसी र राम ऐरले प्रशिक्षण दिएका थिए। तालिमले टोल विकास संस्थाका प्रतिनिधिलाई स्थानीय तहमा नागरिकको सहभागिता बढाउँदै सार्वजनिक सेवा प्रवाहमा जवाफदेहिता र पारदर्शिता कायम गर्न आवश्यक भूमिका निर्वाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD