जलवायु

सुदूरपश्चिम सहित केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ, , २० असोज । पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भूभागमा आज मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ। कोशी, मधेस र बागमतीका साथै गण्डकी र लुम्बिनीका बाँकी भूभागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

लोक कल्याणकारी विज्ञापन

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। अन्य क्षेत्रमा आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कोशीका एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ।

लोक कल्याणकारी विज्ञापन

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

देशका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यस्तै, आज राति हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा सामान्य बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

राति हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD